×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानन्धरलाई दिइयो काठमाडौँ महानगरमा प्रवक्ताको जिम्मेवारी

मानन्धरलाई दिइयो काठमाडौँ महानगरमा प्रवक्ताको जिम्मेवारी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ । महानगरका मेयर  बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको  छैटौँ कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो । 

काँग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् ।साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो ।

बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बिमा संस्थानले राजस्व नतिरेको जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्