×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्सको टोली घोषणा

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्सको टोली घोषणा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स कप वुमन्स टि-२० प्रतियोगिता खेल्ने ललितपुर मेयर्स ११ को टोली घोषणा गरेको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० प्रतियोगिता सेमिफाइनलमा पुग्न नसकेका चार प्रदेशका १४ खेलाडी समेट्दै ललितपुर मेयर्स ११ टोली घोषणा गरेको छ।
चैत ९ देखि १६ सम्म टियु मैदानमा हुने प्रतियोगितामा पाँच टोलीको सहभागीता छ । लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । कोशीलाई हराउँदै सुदूरले उपाधि जितेको थियो । एपिएफ र मधेश सेमिफाइनलबाट बाहिरिएका थिए ।

ललितपुर मेयर्स ११ को टोली :

अश्मिना कर्माचार्य (कप्तान), कृतिका मरासिनी, लक्ष्मी चौधरी, सृष्टि जैशी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, खुशी डंगोल, सुजिता थापा, किरण कुँवर, मनिषा उपाध्याय, सीमा केसी, सरसस्वी पुन, रञ्जु श्रेष्ठ र हेलिसा गुरुङ ।
वैकिल्पक :

रचना चौधरी, बिना थापा, विपिशा शाही र एन्जिला थापा ।

प्रतिकृया दिनुहोस्