×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप २ सय ९५ संक्रमित थपिए, ४ सय ७८ कोरोनामुक्त

थप २ सय ९५ संक्रमित थपिए, ४ सय ७८ कोरोनामुक्त

काठमाडौँ - नेपालमा शनिबार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परीक्षणका क्रममा २६० र ३ हजार १८ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ७ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ९ सय २६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ७८ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्