×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर नगर्ने

चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर नगर्ने

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर नगर्ने बताएका छन्। बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्।

समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिनँ भन्नुभयो ।’

कसैले उक्साएकाले जबराले हस्ताक्षर गर्न नमानेको हुन सक्ने अनुमान विश्वकर्माले गरे । ‘यसो बुझ्दा प्रभोक गरेको जस्तो लाग्यो । केही माननीय सदस्यहरुले उहाँलाई सोधौं न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो,’ विश्वकर्माले भने ।

‘अक्षरश पढेर हस्ताक्षर गर्ने भनेपछि अहिले अधोपान्त पढाएर साइन गराउने तयारी भइरहेको छ । बयान १७४ पेजको छ,’ उनले भने । पढ्दै जाँदा भने जबराले ठिक छ भनेको उनले बताए ।

समिति बैठक अहिले ४५ मिनेटका लागि रोकिएको छ ।

प्रतिकृया दिनुहोस्