×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवा : आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने छ !

प्रधानमन्त्री देउवा : आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने छ !

काठमाडौँ- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको आगामी निर्वाचनमा बढी सिटमा उम्मेदवारी दिनेभन्दा बढी सिट जित्नेतर्फ हुनुपर्ने बतचाएका छन् । 

गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूका लागि आज सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै देउवाले भने, ‘आगामी निर्वाचनलाई कांग्रेसले सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने अवसरको रूपमा प्रयोग गर्नु पर्छ, निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको छ । सिटको भागबन्डा कसरी गर्ने भन्ने गृहकार्य चलिरहेको छ । हामीले बढी सिटमा उम्मेदवारी दिनेभन्दा पनि बढी सिट जित्नु ठूलो कुरा हो यो कुरा साथीहरूले बुझ्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्