×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

भारतमा ड्याटसनको उत्पादन बन्द

भारतमा ड्याटसनको उत्पादन बन्द

एजेन्सी - प्रसिद्ध जापानी अटो निर्माता कम्पनी निसानले भारतमा ड्याट्सन ब्राण्डको उत्पादन बन्द गर्ने भएको छ । निसानले सन् २०२० मा रुस, इन्डोनेसिया र दक्षिण अफ्रिकामा आफ्ना ब्राण्ड बन्द गरिसकेको छ । निसान इन्डियाले एक विज्ञप्तिमा ड्याट्सन रेडी–गोको उत्पादन आफ्नो चेन्नई प्लान्टमा बन्द गरेको पृष्टि गरेको छ ।

कम्पनीले ड्याट्सन ब्राण्डका अन्य २ मोडलको उत्पादन यसअघि नै बन्द गरिसकेको छ । ड्याट्सन ब्रान्ड बन्द गर्नु निसानको विश्वव्यापी रूपान्तरण रणनीतिको एक हिस्सा हो, जुन २०२० मा घोषणा गरिएको थियो । कम्पनीले नयाँ रणनीति निर्माण गरिरहेको र त्यसैको एक आधारका रुपमा ड्याटसनको उत्पादन बन्द गरिएको कम्पनीको भनाइ छ ।

जुलाई २०१३ मा जापानी अटो निर्माता कम्पनी ड्याटसनले भारतमा इन्ट्री-लेभल ह्याचब्याक ‘ड्याट्सन गो’ लन्च गरेको थियो । साथै, ड्याट्सन गो विश्वव्यापी रूपमा पुनः लन्च गरिएको थियो ।

सन् २०१५ मा निसानले थप २ मोडेलहरू रेडी गो र कम्प्याक्ट एमपीभी गो प्लस लन्च गरेको थियो । तर यसको बिक्री अपेक्षाकृत रुपमा हुन नसके पछि कम्पनीले चल्तीका मोडल मात्र उपलब्ध गराउने लक्ष्यका साथ नयाँ योजना बनाएको अनुमान गरिएको छ ।

निसान र ड्याटसन एउटै व्यवस्थापन अन्तर्गत सञ्चालित कम्पनी हुन् । भारतमा ड्याटसनको उत्पादन बन्द भए पनि स्टक रहे सम्म सबै गाडी बिक्री गरिने र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

नेपालमा पनि ड्याटसनका गाडी पहिले देखि नै उपलब्ध छन् । भारतमा यसको उत्पादन बन्द भए पश्चात नेपालमा हाल उपलब्ध ड्याटसनका गाडीमा समेत बिक्री पछिको सेवा उपलब्ध भइरहने बताइएको छ ।

भारतमा यो भन्दा पहिले फोर्डले पनि उत्पादन बन्द गर्ने घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्