×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तारा एयर दुर्घटना : परिवारका सबै सदस्य गुमाएपछि, अमेरिकामा रहेका रोशन भए टुहुरो

तारा एयर दुर्घटना : परिवारका सबै सदस्य गुमाएपछि, अमेरिकामा रहेका रोशन भए टुहुरो

काठमाडाैँ- तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्‍यो ।

परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली थलो तिनमाने गाउँ शोकमा डुबेको छ । अध्ययनका क्रममा अमेरिकामा बस्ने श्रेष्ठका दुवै छोरी रोजिना र रबिना नेपाल आएका बेला मुक्तिनाथ दर्शन गर्ने क्रममा दुर्घटनामा परेका हुन् । श्रेष्ठका एक्ला छोरा रोशन श्रेष्ठ अध्ययनका क्रममा अमेरिकामा टुुहुरो बनेका छन् ।

सो दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जहाजका सहचालक उत्सव पोखरेलको गाउँ रुकुमको चौरजहारीमा पोखरेललाई चिन्ने जान्नेले निधारमा हात राखेर दुःख व्यक्त गर्न थालेका छन् । २५ वर्षका पोखरेल जिल्लाकै पहिलो पाइलट थिए। तारा एयर उडाउन थालेको एक वर्ष एक महिना नपुग्दै दुर्घटनामा परेर उनको ज्यान गुमेको छ ।

भाइ पाइलट बनेपछि आफू पनि पाइलट बन्ने रहर बोकेका उत्सवका दाजु उमेश पोखरेल अध्ययनका क्रममा फिलिपिन्समा थिए । नेपालमा भाइको दुर्घटनामा परेको खबर सुनेर उनका दाजु उमेश सोमबार दिउँसो नै नेपाल फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्