×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको असंवैधानिक कदमविरुद्ध पाँच विद्यार्थी संगठन भोलि सडकमा उत्रिने

ओलीको असंवैधानिक कदमविरुद्ध पाँच विद्यार्थी संगठन भोलि सडकमा उत्रिने

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच विद्यार्थी सङ्गठन भोलि बिहीबार सडकमा उत्रिने भएका छन् । विपक्षी गठबन्धनमा रहेका पाँच विद्यार्थी सङ्गठनले ओलीविरुद्ध बिहीबार सडकमा उत्रिने बुधबार  प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

पाँँच विद्यार्थी संगठनहरुले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनताको अत्यन्तै ठुलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र , विधिको शासन र संविधानको हुर्मत लिने प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर लागि राख्दा पनि  प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक , अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्य वाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको बताएका छन् । 

संविधानको चीरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघातक , कुशासन , महँगी र भ्रष्टाचार थोपरिरहेको भन्दै यसै सन्दर्भमा ओली नेतृत्वको प्रतिगामी सरकारका तमाम असंवैधानिक , अलोकतान्त्रिक र जनविरोधी हर्कतका विरुद्ध मिति २०७८ असार र१० गते दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्गमा मुलुकका प्रमुख पाँच विद्यार्थी सङ्गठनको तर्फबाट सामाजिक दुरी र स्वास्थ्य मापदण्ड भित्र रही संयुक्त विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको  विज्ञप्तिमा भनिएको छ ।  

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना , अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विमल पोखरेलको नेतृत्वमा  उक्त विरोध प्रदर्शन गर्ने भएको छ ।  उपत्यका बाहिर समेत पाँच विद्यार्थी सङ्गठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिने भएको छ । 

प्रतिकृया दिनुहोस्