पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार ८३५ नमूनाको पीसीआर र ४ हजार ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा पीसीआर विधिबाट २ हजार ७७ जनामा र एन्टिजेन विधिबाट ९०२ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।