काठमाडाैं- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सोह्रखुट्टे पानी पोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गरेका छन् ।
काठमाडौं उपत्यकाका सडक अलपत्र पार्ने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसहितका ठेकेदारहरुलाई काम पूरा गर्न बिहीबार १५ दिने अल्टिमेटम दिएका मन्त्री श्रेष्ठले फिल्डमै निस्केर आज सडकको अवस्था बुझेका हुन् ।
त्यसक्रममा मन्त्री श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गन निर्देशन दिएको बताए । उनले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए । उनले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए ।