काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताए। उनले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्।
उनले भने,‘राष्ट्रपतिले समय दिएअनुसार ७ दिनभित्र नै नयाँ सरकार बन्छ । को प्रधानमन्त्री बन्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल चलिराखेको छ। हामी गठबन्धन बस्छौँ र गठबन्धनबाट सजिलै निर्णय हुन्छ।’ तर उनले प्रधानमन्त्री बन्नेबारे भने आलोपालो समझदारी बनेको दाबी गरेका छन्।
देशको नेतृत्व गर्ने अवसर पाएमा जिम्मेवारी लिने भने पनि आफूले औपचारिक रूपमा गठबन्धनमा प्रधानमन्त्री बन्नेबारे कुरा नराखिसकेको उनले बताए। उनले भने,‘तपाईँहरूले सुनेजस्तो गठबन्धनभित्र औपचारिक दाबी गरिसकेको छैन ।’