×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टीका थाप्ने क्रम जारी, आजबाट सरकारी कार्यालय खुल्दै

टीका थाप्ने क्रम जारी, आजबाट सरकारी कार्यालय खुल्दै

काठमाडौँ- विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दसैँ मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्दै छन् । फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ-आफ्नो पुर्ख्यौली थलो गएकाहरू पनि काठमाडौँ फर्कने क्रम सुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्