×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युनाइटेड छाडेर चेल्सी जाँदै रोनाल्डो ?

युनाइटेड छाडेर चेल्सी जाँदै रोनाल्डो ?

काठमाडौं- म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वी क्लब चेल्सी जाने चर्चा चलेको छ । तर, युनाइटेडले भने उनी आगामी सिजन क्लबमा नै रहने विश्वास व्यक्त गरेको छ ।

पोर्चुगिज फरवार्डका एजेन्ट जोर्ज मेन्डेजले गत हप्ता चेल्सीका अध्यक्ष टोड बोहेलीसँग भेटवार्ता गरेका थिए । उनीहरुबीच रोनाल्डोको विषयमा पनि छलफल भएको बताइएको छ । युनाइटेडले भने मेन्डेज अन्य खेलाडीको पनि एजेन्ट रहेकाले सो भेट स्वाभाविक भएको जिकिर गरेको छ । क्लबले ३७ वर्षीय खेलाडी बिक्रीमा नरहेको स्पष्ट पनि पारेको छ ।

५ पटकको बालोन डि’ओर विजेता खेलाडी र युनाइटेडबीच अझै एक वर्षको करार बाँकी रहेको छ । उनी नयाँ प्रशिक्षक एरिक टेन ह्यागको टोलीमा प्रमुख खेलाडी बन्ने अपेक्षा गरिएको छ ।

गत सिजन युनाइटेडले खराब प्रदर्शन गर्दा रोनाल्डोको भने आलोचना भएको थिएन । यद्यपि, प्रिमियर लिगको गोल्डन बुटको सूचीमा उनी १८ गोलसहित तेस्रो स्थानमा सिमित बनेका थिए । एजेन्सी

 

प्रतिकृया दिनुहोस्