×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ ।

सभामुखले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको संसदलाई जानकारी गराउने छन् ।  

यस्तो छ संसदको सम्भावित कार्यसूची :

प्रतिकृया दिनुहोस्