×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७० वर्षीया वृद्धालाई जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

७० वर्षीया वृद्धालाई जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

पाल्पा- ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरवस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्