प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठककाे सम्भावित कार्यसूची सार्वजनिक भएकाे छ । संसद सचिवालका अनुसार बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले आजै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।