×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गाडी भित्र भेटियो १ सय २० केजी गाजा

गाडी भित्र भेटियो १ सय २० केजी गाजा

काठमाडौं- मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १ स्थित नोवेल डेरी चोक ईलाकाबाट वैशाख १३ गते सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजासहित गाडी नियन्त्रणमा लिएको छ ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले
गाँजासहित नियन्त्रणमा लिएको हो ।

गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् । नियन्त्रणमा लिईएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बुझाईएको छ ।

प्रतिकृया दिनुहोस्