×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले चुनावी विश्लेषणात्मक प्रतिवेदन बनाउने

एमालेले चुनावी विश्लेषणात्मक प्रतिवेदन बनाउने

काठमाडौँ- चुनावअघि १५० सिट जितेर एकल बहुमतको सरकार बनाउने घोषणा गरेको नेकपा एमालेले कमजोर नतिजा आएपछि चुनावका क्रममा भएका कमी कमजोरीबारे समीक्षात्मक प्रतिवेदन तयार पार्ने भएको छ ।

एमाले केन्द्रीय निर्वाचन विभागको बुधबार बसेको बैठकले चुनावको समग्र पक्षलाई समेटेर प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको उपस्थिति र उप–महासचिव प्रमुख विष्णु रिमालको अध्यक्षतामा बसेको बैठकले एक साताभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको एमाले केन्द्रीय निर्वाचन उपप्रमुख नीरज आचार्यले जानकारी दिए ।

उनले बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समग्र समीक्षा प्रतिवेदन तयार गर्नुका साथै वार्षिक क्यालेन्डर कार्यन्वयन लगायतका महत्वपुर्ण योजना बनाएको बताए ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस ८९ सिटसहित पहिलो दल बन्दा एमाले दोस्रो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटमात्र जितेको छ । समानुपातिकतर्फ भने एमालेले सवैभन्दा धेरै मत ल्याएको छ ।

एमालेले तयार गर्ने प्रतिवेदनमा पार्टी कमिटीका तर्फबाट भएका कमीकमजोरी, राज्यपक्षबाट भएका धाँधली, पार्टीभित्रै भएको अन्तर्घात, पार्टीका घोषणापत्र र प्रतिवद्धताका सवल र दुर्वल पक्षलाई समेट्नेछ ।

प्रतिकृया दिनुहोस्