नेकपा एमालेमा पार्टी एकताकाे कसरत भएकाे छ। आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन्। त्यही भएर बुधबार तय भएकाे एमाले स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएकाे थियाे।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बिहीबार पनि बैठक बाेलाएका छन्। एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गरेर बैठक डाकिएकाे बताए।
ओली पक्षबाट कारबाहीमा परेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहकाे बैठक पनि बिहीबार बस्दैछ। याे पक्षले आफ्नाे समूहका स्थायी कमिटी सदस्यसँग छलफल गरिरहेकाे हाे। बिहान ११ बजे जुम मार्फत बैठक डाकिएको एमाले नेता युवराज ज्ञवालीले जानकारी दिए। यो समूह ओलीसँग कुनै पनि शर्त मानेर एकता नगर्ने बताउँदै आएको छ।