×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘गठबन्धनको गीत गाएर बस्दा कमजोर भयौं’ : अध्यक्ष माधव कुमार नेपाल

‘गठबन्धनको गीत गाएर बस्दा कमजोर भयौं’ : अध्यक्ष माधव कुमार नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताए।

‘गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ उनले भने, ‘अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन। आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन्।’

आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दौ रहेछ भन्ने उनको स्वीकारोक्ति थियो। अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए हामीले थप जित्न सक्ने जिकिर गरे।

‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो। यी विषयमा कमजोरी भए’ उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन। पार्टीभित्रै अन्तर्घात पनि भयो। कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो।’

आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपयको दलहरुको निदहराम भएको उनले बताए। गठबन्धनको अभ्यासक्रममा धेरै कमजोरी पार्टीबाट भएको उनले स्वीकारे।

प्रतिकृया दिनुहोस्