×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई विवेकशील साझाले हटायो

सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई विवेकशील साझाले हटायो

काठमाडौँ- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट हटाएका छन् । लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट हटाइएको हो । 

हटाइनेमा प्रदेश सांसद रमेश पौड्यालसहितका नेता छन् पाण्डेलाई पार्टीले यसअघि नै जिम्मेवारीबाट मुक्त गरिसकेको थियो । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ । लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्‍याएको भन्दै उनीहरूलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्