×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

आज रेबिजविरुद्ध दिवस: विश्वमा वर्षेनि १ लाखले गुमाउँछन् ज्यान

आज रेबिजविरुद्ध दिवस: विश्वमा वर्षेनि १ लाखले गुमाउँछन् ज्यान

काठमाडौँ -आज २८ सेप्टेम्बरका दिन विश्वभरी रेबिजविरुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो । रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो ।
रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पुर्‍याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ ।

‘रेबिजः तथ्य, डर हैन’ नाराका साथ यस वर्षको विश्व रेबिजविरुद्धको दिवस संसारभर मनाइँदै छ । रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ, जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्