×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले उपमहासचिव रिमालले भने- सत्ता पक्षले महाभियोग सिलशिलाको विजारोपण गर्‍यो

एमाले उपमहासचिव रिमालले भने- सत्ता पक्षले महाभियोग सिलशिलाको विजारोपण गर्‍यो

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सर्वोच्च अदालतलाई विवादमा ल्याउने र हुँडल्ने काम गरिएको बताएका छन् । 

आइतबार सत्ता पक्षका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उनले ट्वीट गर्दै यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ । सत्ता पक्षले महाभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।’

उनले परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्‍याउँदा पनि अदालतप्रति सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा भएको बताए ।

प्रतिकृया दिनुहोस्