×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजधानीका बिभिन्न ठाउँबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान

राजधानीका बिभिन्न ठाउँबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान

काठमाडौं - राजधानी काठमाडौंका बिभिन्न ठाउँमा सार्वजनिक बस र  सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले बताए ।
दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । 
सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 


यस्तो हुन्छ पाकेटमारको भाषा 
पाकेटमारले सांकेतिक भाषाको प्रयोग  गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो छ पाकेटमारले प्रयोग गर्ने भाषा : 
पैसा  ः द 
मोवाइल : कान 
पाकेटमारी सकेको मान्छे : रामे 
पाकेटमारका मास्टर : काशी 
पैसा धेरै छ : टानको द 
पैसा थोरै छ : जुटको द 
गाडी : काँचा 
केटा : छापा 
केटी : भद्री 
पुलिस आयो : ठुल्दाई आयो 
ड्राइभर : माम 
खलासी : मले 
गाडीबाट झरेर भाग : टप्की 
गाडीभित्र अगाडि सर : अकल जा 
गाडीभित्र पछाडि सर : चिछल जा ।

प्रतिकृया दिनुहोस्