काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेनजर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले दिएको १४२ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन मात्र बनाएपछि बैंगलोरले खेल ४ रनले हारेको हो । यस अघि सनराइजर्स हैदरावादले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
यो जितपछि हैदरावादको १३ खेलमा तेस्रो जित हासिल गर्दै ६ अङ्क भएको छ । हैदरावाद प्रतियोगिताबाट भने बाहिरिइसकेको छ । त्यस्तै बैंगलोरको भने १३ खेलमा पाँचौँ खेलमा हार बेहोरेको छ भने ८ खेल जितेर १६ अङ्क सहित तेस्रो स्थानमा रहेको छ ।