×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

काँग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले साझा अपनत्व ग्रहण हुने गरी काँग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति बन्ने बताए ।

काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, “हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौँ ।”

नेपाली काँग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस्