काठमाडौं- प्रतिनिधि सभाको बैठक मंगलबार (आज) पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ’सामाजिक सुरक्षा ९पहिलो संशोधन० विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, खाँणले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले ’बिरुवा संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
मन्त्री यादवले ’बिउ बिजन ९दोस्रो संशोधन० विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।