×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, नाम हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, नाम हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने

ठमाडौं - नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो । लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि दुई बैंकका बीच अन्तत स्अन्तत सहमती भएको छ। नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि यी दुई बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय भएको हो ।
हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने छ। साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ ।
राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो।मर्जर रोकिएपछि राष्ट्र बैंकले दुई पटक समय थप गरेको थियो ।
यसअघि बारम्बार मर्जरमा जाने हल्ला चलेपनि अन्तत दुई बैंकले मर्जरको प्रकृया अगाडि बढाउने भएको हो । दुई बैंकबीच मर्जर नाम भने हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन् ।

प्रतिकृया दिनुहोस्