×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना अपडेट:आइतबार उपत्यकामा थपिए ३०९ कोभिड संक्रमित

कोरोना अपडेट:आइतबार उपत्यकामा थपिए ३०९ कोभिड संक्रमित

काठमाडौँ- उपत्यकामा आइतबार ३०९ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा १८७ , भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित ३३१५, संक्रमणमुक्त २ लाख ३४ हजार ८, मृत्यु २१२० र कुल संक्रमित २ लाख ३९ हजार ४४३ जना छन् । भक्तपुरमा  सक्रिय संक्रमित ११६२, संक्रमणमुक्त २६ हजार ७४६, मृत्यु ४२३ र कुल संक्रमित २८ हजार ३३१ जना छन् ।

ललितपुरमा सक्रिय संक्रमित १९२९, संक्रमणमुक्त ४४ हजार ३१५, मृत्यु ६५२ र कुल संक्रमित ४६ हजार ८९६ जना छन् ।

प्रतिकृया दिनुहोस्