काठमाडौं - नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम विजयी भएका छन् ।
गौतमले ३१५ मत प्राएका छन् भने उनका प्रतिस्पर्धी दिलिप प्रकाश १२९ मत ल्याएर उपविजेता मै चित्त बुझाए ।
त्यस्तै, सचिव पदमा सन्तोष अधिकारी विजयी भएका छन् । उनले २८५ मत ल्याए भने उनका प्रतिपर्धी केशव पाण्डेले १५१ मत ल्याए ।
नेपाल प्रेस युनियन काठामाडौं शाखाको ९ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको हो ।
अन्य पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका हुन् ।