×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

दीपाश्री निर्देशित तीज गीत ‘दिदी बहिनी’ सार्वजनिक

दीपाश्री निर्देशित तीज गीत ‘दिदी बहिनी’ सार्वजनिक

तीज गीत ‘दिदी-बहिनी’ सार्वजनिक भएको छ । तीजमा मौलिक गीत बन्न छाडेको र अश्लीलता भित्रिएको आरोप लागिरहेको समयमा मौलिकता समेटेर गीत निर्माण गरिएको छ ।

शान्त श्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत मल्लकै रहेको छ । सङ्गीत संयोजन भने योगेश काजीले गरेका छन् ।

दीपा श्री निरौलाले निर्देशन गरेको भिडिओमा दीपासँगै रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी ‘भान्जा’ र कमला लामिछानेको अभिनय रहेको छ । गजित विष्टको कोरियोग्राफी रहेको भिडिओको सह-निर्देशन निर्मल शर्माको रहेको छ । राजु केसीले खिचेको गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

https://youtu.be/YH30PDQIjeM

 

प्रतिकृया दिनुहोस्