×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रदेश

कैलालीमा चितुवाका बच्‍चा भेटियो

कैलालीमा चितुवाका बच्‍चा भेटियो

कैलाली - कैलालीमा चितुवाका बच्चा भेटिएको छ । मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको रामजानकी सामुदायिक वनमा दुई वटा बच्चा फेला परेका हुन्। घोडाघोडी नगरपालिका ११ मा रहेको रामजानकी सामुदायिक वन उपभोक्ता समूह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरासहित चितुवा भेटिएको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।

घोडाघोडी क्षेत्रमा छाउरासहित चितुवा देखिएको पहिलो पटक रहेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले बताए । उनले चितुवाको बच्चा देखिनुले यहाँ सुरक्षित छ भनेर नै चितुवा बच्चा जन्माउन यहाँ आएको हुनसक्ने बताए । वन क्षेत्रमा चितुवासहित बाघ, घोरल, निल गाई लगायतका जनावरहरू रहेको बताउदै सब डिभिजन वन कार्यलयका प्रमुख थापाले चोरी शिकारी नियन्त्रणपछि वन क्षेत्रमा जंगली जनावरको संख्यामा वृद्धि हुँदै आएको बताए ।

प्रतिकृया दिनुहोस्