×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीको पहिलो बैठक : मन्त्रीमण्डल विस्तारमा छलफल

प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीको पहिलो बैठक : मन्त्रीमण्डल विस्तारमा छलफल

काठमाडौँ-अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पहिलो पटक नेकपा (माओवादी केन्द्र)को बैठक बसेको छ । बैठक अहिले बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिस डाँडामा शुरु भएको छ । मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बीच छलफल भइरहेको बताइएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ । प्रचण्ड आइतबार एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्ति भएका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरूको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्