×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक पक्राउ

महोत्तरी- स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त भारतीय रुपैयाँ र चेक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्