×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकपको सपना बोकेर नेपाली टोली अस्ट्रेलिया उड्दै, यस्तो छ १६ सदस्यीय टोली

विश्वकपको सपना बोकेर नेपाली टोली अस्ट्रेलिया उड्दै, यस्तो छ १६ सदस्यीय टोली

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी-२० सिरिजका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको टोलीले आगामी अगस्ट १४ देखि २४ सम्म सिरिज खेल्नेछ।

यो भ्रमणलाई नेपालले यसै वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको महत्त्वपूर्ण तयारीका रुपमा लिएको छ।

अस्ट्रेलियाको डार्विनमा हुने प्रतियोगितामा नेपालले बलिया टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ। खेल तालिकाअनुसार नेपालको पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग हुनेछ। त्यसपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट हरिकेन्स, अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहिन्ससँग खेल्नेछ।

अस्ट्रेलियाको सिरिजपछि नेपाली टोलीले सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने तालिका छ। त्यसलगत्तै टोली विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नेछ।

अस्ट्रेलिया भ्रमणका लागि घोषित नेपाली टोली:

  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी (उप-कप्तान)
  • सन्दीप लामिछाने
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • कुशल मल्ल
  • गुलशन झा
  • आरिफ शेख
  • भीम सार्की
  • रुपेश कुमार सिंह
  • सोमपाल कामी
  • नन्दन कुमार यादव
  • करण केसी
  • रिजन ढकाल
  • लोकेश बम
  • ललित नारायण राजवंशी

प्रतिकृया दिनुहोस्