×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उम्मेदवारको नामावली प्रकाशन आज

उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आज दोस्रो तथा अन्तिम दिन हो । हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो । 

आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । १३ गते साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो । आज साँझ ६ बजे मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यस्तै आयोगको तालिका अनुसार १६ गते (भोलि) साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्