×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कास्की कांग्रेसको पहिलो निर्णय- द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार माग

कास्की कांग्रेसको पहिलो निर्णय- द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार माग

पोखरा- नेपाली कांग्रेसमा किशोरदत्त बरालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । १४औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले बराल नयाँ अवधिका लागि निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमिति चयनसँगै बसेको पहिलो बैठकले  द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । ‘गण्डकी प्रदेशभित्रका द्वन्द्वकालका शहिद परिवार तथा सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचारका लागि गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरियो,’ बैठकको निर्णय यस्तो छ । गण्डकीमा द्वन्द्वकालका घाइतेहरूले सजिलै उपचार सेवा नपाएको गुनासो बढिरहेका बेला कांग्रेसले आफ्नै नेतृत्वको सरकारलाई घच्घच्याएको हो ।

यस्तै, सोही बैठकले पोखरामा हुने पहिलो गण्डकी प्रदेश अधिवेशनलाई सफल बनाउन आफ्ना पदाधिकारी र सदस्यहरूलाई खटाएको छ । जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापनसमेत गरिएको नवनिर्वाचित सचिव भानुभक्त ढकालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्