×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साउथह्याम्टनको सानदार जित

साउथह्याम्टनको सानदार जित

काठमाडाैँ- इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सानदार जित निकालेको छ । साउथह्याम्टनले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४-१ को फराकिलो जित आत्मसात गरेको हो ।

घरेलु मैदान सेन्ट मेरिजमा मंगलबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान वेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रेन्टफर्डका भिटाली जानेल्टले एक गोल फर्काए ।

जितसँगै साउथह्याम्टन २० खेलबाट २४ अंक जोडेर ११औं स्थानमा उक्लन सफल भएको छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्