×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधान न्यायाधीशको बहिर्गमनले मात्र पुग्दैन : टोपबहादुर सिंह

प्रधान न्यायाधीशको बहिर्गमनले मात्र पुग्दैन : टोपबहादुर सिंह

काठमाडौँ- न्यायालयमा देखिएको समस्या समाधानका लागि प्रधान न्यायाधीश चोलन्द्रशमशेर जबराको बहिर्गमनले मात्र नपुग्ने पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले अहिलेको अवस्थामा प्रधान न्यायाधीशको राजीनामा मात्र पर्याप्त नभएको भन्दै यसका लागि संविधान संशोधन नै हुनुपर्ने बताएका हुन् ।

जबरा अयोग्य भएका विभिन्न कारणसहित बहिर्गमनको माग गरिए पनि उनले राजीनामा नदिँदा यो संकट उत्पन्न भएको अध्यक्ष सिंहले बताए ।

प्रधान न्यायाधीश स्वच्छ आचरण र सम्मान गर्न लायक हुनुपर्ने भन्दै उनले न्यायिक स्वतन्त्रताको वातावरण हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्