×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे, ४२ हजार बढी संक्रमित

डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे, ४२ हजार बढी संक्रमित

काठमाडौँ- यस वर्ष साउन यता डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म सङ्क्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

डेंगी सङ्क्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकूल वातावरणमा आठ महिनासम्म जीवित रहन सक्ने र फेरि लामखुट्टेको रूपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्