×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इरान विश्वकपका लागि छनोट

इरान विश्वकपका लागि छनोट

काठमाडौँ- इरान कतार विश्वकपमा एसियाबाट छनोट हुने पहिलो टिम बनेको छ । आयोजकका रूपमा कतारले सिधै विश्वकप खेल्न पाउने भए पनि इरानले छनोटचरण पार गर्दै कतार विश्वकप खेल्ने निश्चित गरेको हो ।

गएरातिको खेलमा इरानले इराकलाई १-० ले पराजित गर्दै छैटौँपल्ट विश्वकपमा छानियो । इरानका मेहेदी तारेमीले गोल गरे । समूह ‘एमा इरान छनोट हुँदा दक्षिण कोरियाको सम्भावना पनि उच्च छ । दक्षिण कोरियाको ७ खेलबाट १७ अंक छ । अङ्क एक खेल जिते उसको विश्वकप यात्रा निश्चित हुनेछ ।

तीन खेल खेल्न बाँकी हुँदा समूह ‘बी’मा साउदी अरब १९ अङ्कसहित शीर्ष स्थानमा छ भने जापान र अस्ट्रेलियाकाे क्रमशः १५ र १४ अंक छ ।

प्रतिकृया दिनुहोस्