×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसी मिलानलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लियो

एसी मिलानलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लियो

काठमाडौँ- युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । उसले समूह‘इ’ अन्तर्गतको खेलमा १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानविरुद्ध २–० को सहज जित हात पारेको हो ।

मिलानको घरेलु मैदान सान सिरोमा चेल्सीलाई जित दिलाउन जर्जिन्हो र पिएरे एमिरिक औवामियाङले १–१ गोल गरे । खेलको १८ औं मिनेटमा फिकायो टोमोरीले सिधै रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा समेटिएको थियो । 

२१ औं मिनेटमा जर्जिन्टोले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४ औं मिनेटमा औवामियाङले पाहुना टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले २–० को सहज जित निकाल्यो ।

यो जितसँगै ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लिँदा पराजित मिलान समान खेलबाट ४ अंकका साथ तेस्रोमा छ । यहि समूहको अर्को खेलमा अस्ट्रियन क्लब आरबी साल्जबर्गले क्रोएसियाको डिनामो जाग्रेबसँग १–१ को बराबरी खेलेको छ ।

प्रतिकृया दिनुहोस्