×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रविको बचाउमा प्रचण्ड: मेरो प्रयास अझै जारी छ

रविको बचाउमा प्रचण्ड: मेरो प्रयास अझै जारी छ

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) सँग सिंहदरबारमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले आफूले अन्तिम समयसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति लामिछानेलाई जोगाउन प्रयास गरेको स्पष्ट पारे ।

“राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेप्रति अन्याय नहोस् भनेर मैले अन्तिमसम्म प्रयास गरेँ, अहिले पनि गरिरहेको छु,” अध्यक्ष प्रचण्डले भने, “अहिले म रास्वपाबारे धेरै बोल्न चाहन्नँ ।”

उनले रास्वपाका नेता-कार्यकर्ताले आफ्नो प्रयासलाई ढिलो-चाँडो बुझ्ने विश्वास व्यक्त गरे । “रास्वपाका साथीहरूले एकदिन यो कुरा बुझ्नुहुनेछ,” पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ थियो ।

एकीकृत समाजवादीसँगको भेटमा संसदको गतिरोध र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनले जानकारी दिए । साथै, समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको प्रचण्डले बताए ।

प्रतिकृया दिनुहोस्