रामेछाप - रामेछापबाट हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया स्वास्थ्यकर्मी राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
दुर्घटनामा मृतकका श्रीमान् ४६ वर्षीय उत्तम चौहान गम्भीर घाइते भएका छन्। उनको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दियो।
प्रहरीका अनुसार, चौहान दम्पती खुर्कोट हुँदै हेटौंडामा रहेका आफ्ना छोरालाई भेट्न जाँदै गर्दा दुर्घटनामा परेका हुन्।