×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेको सरकार ढाल्न बिपक्षी गठबन्धनमा समाहित भए माधव नेपाल

एमालेको सरकार ढाल्न बिपक्षी गठबन्धनमा समाहित भए माधव नेपाल

काठमाडौं,। एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध खुलेरै मैदानमा उत्रनु भएको पाइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि असफल बनाउने रणनीतिमा नेता नेपाल विपक्षी गठबन्धनमा नेता नेपाल समाहित हुनुभएको तथ्य बाहिर आएको हो ।

नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित छलफल गर्नुभएको थियो । आज विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा नेपालसहितका नेताहरुले छलफल गर्नुभएको हो । जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै पर्नुभएका माधव नेपालसहित प्रचण्डले छलफल गर्नुभएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको थियो । स्रोतका अनुसार सो बैठकमा एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम–उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषयमा छलफल भएको यादवनिटक एक नेताले बताए । सो बैठकमा जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको थियो ।

यसअघि मंगलवार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा नेपाल, प्रचण्ड र यादवले कांग्रेस सभापति देउवाले छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन नेपालले नै नेतृत्व गरी कम्फर्टेवल सरकार बनाउने अभियान थाल्नुभएको हो । सर्वाेच्चको फैसलापछि पेरिसडाँडामा बैठक गरेर एमाले फर्किएको नाटक गर्नुभएका नेता नेपालले त्यसयता पनि लगातार एमालेबिरुद्ध नै अभियान छेडनु भएको छ । प्रधानमन्त्री ओलीलाई हटाएर भारतका लागि कम्फर्टेवल सरकार बनाउने अभियानमा नेपालसहितका चार नेता हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्