काठमाडौं- प्रतिनिधि सभाको बैठक सोमबार दिउसो १ बजे बस्ने भएको छ । सोमबारको बैठकमा नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुने बताइएको।
आइतबारका लागि तय भएको बैठकमा धेरै सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको थियो। गिरिको ७५ वर्षको उमेरमा गत शनिबार राती ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो।