×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्व. प्रदीप गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

स्व. प्रदीप गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं- नेपाली कांग्रेसले स्व. प्रदीप गिरीको सम्मान तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज (आइतबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आजदेखि मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने निर्णय कांग्रेसलगे गरेको छ ।

कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो । उनको आइतबार अन्यष्टि गरिँदै छ । त्यसअघि पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली सभा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्