×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

बन्दै गरेको नयाँ चलचित्र ‘अन्तिम संस्कार’ को छायांकन सम्पन्न

बन्दै गरेको नयाँ चलचित्र ‘अन्तिम संस्कार’ को छायांकन सम्पन्न

काठमाडौं- शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए ।
प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ ।
झन्डै डेढ करोड लागतमा बनेको यो फिल्ममा कलाकार विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित बिशाल पहाडी, कृष्णभक्त महर्जन,एवन राज उप्रेती, त्रिचु राई,श्याम राई,धर्मेन्द्र आचार्य ,सुरज खालिङ्ग राई,पासाङ्ग टि शेर्पा,सन्तोष लामा,सरोज कुमाल,अनु मगर,रेश्मा श्रेष्ठ,सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ।
सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको फिल्म ‘अन्तिम संस्कार’को पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिने छ। चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’प्रर्दशन भइसकेको छ । लामो समय देखि लन्डनमा बस्दै आएका शाहीले लन्डनबाट नै सिनेमा मेकिङ्ग सिकेर आएका हुन् ।

प्रतिकृया दिनुहोस्