×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ सवारी साधन नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तीमध्ये ९ सय २६ वटा गाडी र २ हजार ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको जनाएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ५ सय ८७ जनालाई निःशुल्क मास्क वितरण गरिएको जनाएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २२ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाइ छाडिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ३ सय ५२ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्