×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बस र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो, एक जना घाइते

बस र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो, एक जना घाइते

काठमाडौं - भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

हिजो बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक घाइते भएका छन् । उहाँको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस्